२०८३, आश्विन १ गते

Sep 17 2026

रसुवाको भोटेकोशी बाढीमा ,मृतकको संख्या एक हजार नाघ्यो

रसुवाको भोटेकोशी बाढीमा ,मृतकको संख्या एक हजार नाघ्यो

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार दिउँसो १ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ जनाको शव फेला परेको हो।

    बाढीपछि नदीको बहावसँगै शव विभिन्न जिल्लाका तटीय क्षेत्रमा पुगेका थिए। सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। प्राधिकरणका अनुसार चितवनमा मात्रै ३२१ जनाको शव भेटिएको छ।

    त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१, तनहुँमा ३८ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७ जनाको शव फेला परेको छ।

    विपद्को मानवीय क्षति अझै बढ्न सक्ने देखिएको छ। प्राधिकरणका अनुसार बाढीपछि हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।

    बेपत्ता नागरिकको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनका लागि सम्बन्धित निकायले विभिन्न क्षेत्रमा खोजी अभियान जारी राखेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij