२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव पेस हुँदै

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव पेस हुँदै

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बुधबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    गत भदौ १० गते आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटसहित धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीमा स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानवीय क्षति भएको उल्लेख गरिएको छ।

    विशेष प्रस्तावमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभाले गहिरो दुःख व्यक्त गर्ने जनाइएको छ। साथै, विपद्का कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ।

    बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चीर शान्तिको कामना गर्दै शोकमा रहेका परिवारजनप्रति प्रतिनिधिसभाका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ।

    बैठकको सम्भावित कार्यसूचीअनुसार सभामुख अर्यालले उक्त विशेष प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।

    karyasuchi.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij