२०८३, कार्तिक १९ गते

Nov 04 2026

भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज  बिहान ८:०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेकाे छ ।

    फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

    यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

    फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन ।

    बाढीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।

    यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij