२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीपीडितको साथ दिन सोनू सूद काठमाडौं आइपुगे,भने– ‘नेपाल एक्लो छैन’

बाढीपीडितको साथ दिन सोनू सूद काठमाडौं आइपुगे,भने– ‘नेपाल एक्लो छैन’

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित परिवारको सहयोगका लागि बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन्।

    बाढी र डुबानका कारण ठूलो मानवीय संकट उत्पन्न भइरहेका बेला पीडित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सूद मंगलबार काठमाडौं आइपुगेका हुन्। उनले विपद्को सामना गरिरहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल भ्रमण गरेको बताएका छन्।

    नेपाल आएपछि सूदले सामाजिक सञ्जालमार्फत आफू नेपाली नागरिकको दुःखमा साथ दिन आएको सन्देश दिएका छन्। उनले बालबालिकासँग खिचिएको तस्वीर सार्वजनिक गर्दै विपद्का कारण घर, परिवार र बाल्यकाल गुमाएका बालबालिकालाई नयाँ सुरुवाततर्फ अघि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनको सन्देशको भाव थियो—विपत्तिमा परेका नेपालीहरू एक्ला छैनन् र सामूहिक प्रयासबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्काउन सकिन्छ।

    यसअघि पनि बाढीको खबर सार्वजनिक भएलगत्तै सूदले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाएका थिए। उनले प्रभावित नेपालीका लागि खाना, आश्रय तथा पुनः उठ्न आवश्यक सहयोग र हौसला लिएर साथमा रहेको उल्लेख गरेका थिए।

    विपद्को समयमा मानवीय सहयोगका लागि नेपाल आएका सूदको यो पहललाई सामाजिक सञ्जालमा समेत सकारात्मक रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij