२०८३, आश्विन १ गते

Sep 17 2026

गण्डकीमा मन्त्रीको जिम्मेवारी हेरफेर, देवकोटाले पाए ऊर्जा र न्यौपाने भौतिक मन्त्रालय

गण्डकीमा मन्त्रीको जिम्मेवारी हेरफेर, देवकोटाले पाए ऊर्जा र न्यौपाने भौतिक मन्त्रालय

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

    नवनियुक्त मन्त्री देवकोटाले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै उनले ऊर्जा मन्त्रालयको औपचारिक जिम्मेवारी सम्हालेका छन्।

    देवकोटाले यसअघि ऊर्जा मन्त्रालयको जिम्मेवारी छाडेपछि उक्त मन्त्रालय कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए। पछिल्लो मन्त्रिपरिषद् हेरफेरसँगै न्यौपानेको मन्त्रालय परिवर्तन गरिएको हो।

    अब न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। यससँगै गण्डकी प्रदेश सरकारका दुई महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा परिवर्तन भएको छ।

    गण्डकी प्रदेशमा ऊर्जा र भौतिक मन्त्रालयलाई तुलनात्मक रूपमा बढी बजेट विनियोजन हुने मन्त्रालयका रूपमा लिइन्छ। नयाँ जिम्मेवारीसँगै दुवै मन्त्रीसामु सम्बन्धित मन्त्रालयका योजना तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने चुनौतीसमेत थपिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij