२०८३, आश्विन १ गते

Sep 17 2026

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो,आज कुन मुद्राको कति छ विनिमय दर

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो,आज कुन मुद्राको कति छ विनिमय दर

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ ।

    युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा कायम हुँदा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा पुगेको छ । स्विस फ्र्याङ्क भने एकको १८६ रुपैयाँ ०५ पैसा खरिद र १८६ रुपैयाँ ७९ पैसा बिक्रीदरमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ०४ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा तोकिएको छ । त्यस्तै, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा रहेको छ । सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा कायम हुँदा कतारी रियालको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा रहेको छ ।

    थाई भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा तोकिएको छ । युएई दिरामको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

    साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा रहेको छ । स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

    यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ । कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

    बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा तथा ओमनी रियालको खरिददर ३९३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले तोक्ने विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij