२०८३, आश्विन २ गते

Sep 18 2026

पर्सि हुदै नरेन्द्र मोदीसँग प्रधानमन्त्री कार्कीको फोनवार्ता

पर्सि हुदै नरेन्द्र मोदीसँग प्रधानमन्त्री कार्कीको फोनवार्ता

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ ।

    मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

    ‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ । सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

    गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

    कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिइसकेका छन् । उनले गत शनिबार मणीपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij