२०८३, आश्विन २ गते

Sep 18 2026

सुनको मूल्यमा गिरावट, तोला ३ लाख ४ हजार ३ सय

सुनको मूल्यमा गिरावट, तोला ३ लाख ४ हजार ३ सय

रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यसको तुलनामा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।

    यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij