२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज सोमबार राष्ट्रिय शोक मनाउँदैछ।

    गत भदौ १० गते आएको बाढीमा ठूलो जनधनको क्षति भएको थियो। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्रिपरिषद्ले १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो।

    राष्ट्रिय शोकका अवसरमा आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै, विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा पनि राष्ट्रिय झण्डा आधा झुकाउने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।

    सरकारले राष्ट्रिय शोक घोषणा गरे पनि आज देशभर सार्वजनिक बिदा भने दिएको छैन। नियमित रूपमा सरकारी तथा अन्य कार्यालयका कामकाज सञ्चालन हुनेछन्।

    home-ministiry.webp

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij