काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो भने चाँदी पनि १०० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एक दिनमै सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा चाँदीको मूल्यमा पनि सामान्य उकालो लागेको छ।