२०८३, आश्विन १ गते

Sep 17 2026

देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न

देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न

रोज नेपाल
बिहिवार, भाद्र २५ २०८३
रोज नेपाल
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको काम सकिएको छ । निर्माण सुरु गरेको ५ दिनमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सकेको हो । 

    भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाको टोलीले एक्रो ब्रिज जडानको काम सुरु गरेको थियो ।  सेनाको टोलीले पुल जडानका काम सकेको छ । 

    नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भदौ २७ गते (शनिबार)देखि सवारी साधनहरू समेत सञ्चालनमा आउनेछन् । 

    यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij