२०८३, आश्विन २ गते

Sep 18 2026

बाढीपीडितको राहतका लागि ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको रु. ५१,१११ सहयोग

बाढीपीडितको राहतका लागि ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको रु. ५१,१११ सहयोग

शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  •  
    काठमाडौं । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिले रु. ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
     
    संघको विशेष बैठकको निर्णयअनुसार कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट संकलित रकममा जिल्ला कोषको समेत योगदान थप गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको हिमालयन बैंक, चाबहिल शाखास्थित खातामा जम्मा गरिएको हो।
     
    संघले २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरेको जनाएको छ।
     
    संघका अ १६ जना कार्यसमिति सदस्य र निवर्तमान अध्यक्ष १ जना गरि १७ जनाबाट जनही रु. ३,००० का दरले रु. ५१००० तथा जिल्ला कोषबाट रु. १११ गरी जम्मा रु. ५१,१११ सहयोग गरिएको हो।
     
    “विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व हो। सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र राहत दिन सक्छ,” भन्ने भावनाका साथ संघले अन्य व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई समेत आ–आफ्नो क्षमताअनुसार राहत अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
     
    व्यवसायसँगै सामाजिक उत्तरदायित्व, िवपक्ष सहयाेग र मानवीय सेवामा समेत अग्रसर हुने प्रतिबद्वता व्यक्त गर्दै ग्रिल तथा स्टिल व्यवसाय संघ काठमाण्डौँले एकता र सहकार्य बिपत प्रभावित नागरिकलाई थप राहत पुर्याउन सकिने जनाएको छ ।
    802334926_122195825672871294_1073620543376508676_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij