२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेसमा महाधिवेशनको विवाद चर्किँदै, २५ नेताले मागे दुवै कार्यतालिका स्थगन

कांग्रेसमा महाधिवेशनको विवाद चर्किँदै, २५ नेताले मागे दुवै कार्यतालिका स्थगन

रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद समाधान गर्न केन्द्रीय तहका २५ नेताले नेतृत्वसँग निर्णायक संवाद थाल्न आग्रह गरेका छन्।

    शुक्रबार संयुक्त अपिल सार्वजनिक गर्दै नेताहरूले पार्टीका फरक–फरक समूहबाट अघि सारिएका महाधिवेशनका कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल वार्ता सुरु गर्नुपर्ने धारणा राखेका हुन्।

    कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। तर, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेका लागि छुट्टै महाधिवेशनको कार्यक्रम अघि सारेको छ। यसले कांग्रेसको महाधिवेशन प्रक्रियामै गम्भीर अन्योल सिर्जना गरेको छ।

    एकै पार्टीका नाममा दुई फरक मितिमा महाधिवेशन हुने परिस्थिति अन्त्य गर्न दुवै पक्षबाट जारी कार्यतालिका तत्काल रोक्नुपर्ने नेताहरूको माग छ। उनीहरूले पार्टीभित्रको विवादलाई प्रक्रियागत प्रतिस्पर्धाभन्दा संवाद र सहमतिबाट टुंग्याउन नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्।

    निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार संयुक्त अपिलको उद्देश्य पार्टी विभाजनको दिशामा जान नदिई नेतृत्वलाई निर्णायक वार्ताका लागि तयार गराउनु हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij