२०८३, कार्तिक १९ गते

Nov 04 2026

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । मधेसी आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कामकारबाही तथा गतिविधि समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

    संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक कामको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो। नेपालको संविधानको धारा २९४ ले संवैधानिक आयोगहरूले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

    प्रतिवेदनमा आयोगले सम्बन्धित आर्थिक वर्षमा गरेका काम, गतिविधि तथा आफ्नो संवैधानिक जिम्मेवारीअन्तर्गत अघि बढाएका विषयहरू समेटिएको जनाइएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij