२०८३, कार्तिक १९ गते

Nov 04 2026

देशभर बदली र वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

देशभर बदली र वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । नेपालमा मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास नै रहेकाले विभिन्न क्षेत्रमा वर्षाको सम्भावना देखिएको हो।

    हाल देशभर सामान्य बदलीको अवस्था छ। गण्डकीका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

    दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने अनुमान छ। पहाडी भू–भागमा पनि केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    तराई क्षेत्रमा समेत वर्षाको गतिविधि देखिनेछ। बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

    यसैबीच, कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकीका पहाडी भू–भाग तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।

    तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना हेर्दै रहन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij