२०८३, आश्विन २ गते

Sep 18 2026

भोटेकोशी बाढीपछि चिलिमे टनेलमा उद्धार तीव्र, हिलो लेदो हटाउँदै टोली

भोटेकोशी बाढीपछि चिलिमे टनेलमा उद्धार तीव्र, हिलो लेदो हटाउँदै टोली

रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको टनेल क्षेत्रमा फसेकाहरूको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। टनेल प्रवेश गर्ने क्षेत्रमा थुप्रिएको लेदो, ढुंगा तथा अन्य भग्नावशेष हटाउने काम भइरहेको छ।

    शनिबार बिहानैदेखि एक्स्काभेटरको प्रयोग गरी बाढीले थुपारेको माटो, लेदो, ढुंगामुढा र कंक्रिट हटाउने काम अघि बढाइएको हो। बाटोमा रहेका अवरोधहरू क्रमशः हट्दै गएपछि उद्धार टोलीलाई टनेलभित्र पुग्न सहज भएको बताइएको छ।

    इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धारकर्मीहरू टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्। टनेलभित्र रहेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन टोलीले सावधानीपूर्वक काम गरिरहेको छ।

    बाढीका कारण ठूलो मात्रामा लेदो र भग्नावशेष जम्मा भएपछि प्रारम्भिक चरणमा उद्धारमा कठिनाइ भएको थियो। अहिले ती अवरोध हटाउने क्रमसँगै उद्धार कार्य थप प्रभावकारी बन्दै गएको बताइएको छ।

    फसेकाहरूको अवस्था यकिन गरी सकुशल उद्धार गर्ने उद्देश्यले उद्धार टोलीले टनेल क्षेत्रमा लगातार काम गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij