२०८३, आश्विन १ गते

Sep 17 2026

डलरको भाउ १५३ रुपैयाँ नाघ्यो,यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

डलरको भाउ १५३ रुपैयाँ नाघ्यो,यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ १९ पैसा पुगेको छ।

    राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलर खरिद गर्दा १५२ रुपैयाँ ५९ पैसा तिर्नुपर्नेछ भने बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

    युरोपियन युरोको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १८ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको मूल्य खरिदतर्फ १८७ रुपैयाँ ३४ पैसा र बिक्रीतर्फ १८८ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर भने १२० रुपैयाँ ३५ पैसा खरिद र १२० रुपैयाँ ८३ पैसा बिक्रीदरमा रहेको छ।

    जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा रहेको छ।

    मध्यपूर्वका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा रहेको छ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा रहेको छ।

    यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ।

    कुवेती दिनारको मूल्य भने अन्य मुद्राको तुलनामा निकै उच्च छ। एक कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले दैनिक रूपमा निर्धारण गर्ने यी दरका आधारमा बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्राको कारोबार गर्ने भए पनि बजारमा हुने वास्तविक कारोबारदर फरक पर्न सक्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij