२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, समसामयिक राजनीति र संगठनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, समसामयिक राजनीति र संगठनबारे छलफल हुने

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई समेत सहभागी हुन भनिएको छ।

    बैठकका लागि सम्बन्धित सबैलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको कांग्रेसले जनाएको छ।

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीभित्रका सांगठनिक गतिविधिबारे छलफल हुने बताइएको छ। प्रदेश तहको नेतृत्वसमेत सहभागी हुने भएकाले संगठन सुदृढीकरण र पार्टीका आन्तरिक विषयमा समेत छलफल केन्द्रित हुन सक्ने कांग्रेस नेताहरूको भनाइ छ।

    कांग्रेसले नियमित सांगठनिक गतिविधिसँगै बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति तय गर्न पनि बैठकलाई महत्वपूर्ण रूपमा लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij