२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति

रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
रोज नेपाल
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा ठूलो क्षति पुगेको छ। बाढीबाट प्रभावितमध्ये ११ वटा विद्यालयका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालय क्षेत्रको कुल क्षति करिब ९३ करोड ७३ लाख रुपैयाँ बराबर रहेको छ।

    राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको द्रुत क्षति आवश्यकता मूल्याङ्कन (आरडिएनए) अनुसार बाढीले विद्यालयका भवनसँगै शैक्षिक सामग्री तथा अन्य सम्पत्तिमा समेत व्यापक क्षति पुर्‍याएको हो।

    प्रतिवेदनअनुसार तीन जिल्लाका १८ विद्यालयका ५६ वटा भवनमा क्षति पुगेको छ। ती भवनअन्तर्गत १५२ वटा कोठामा आंशिक क्षति भएको छ भने १५६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

    रसुवामा चार विद्यालय प्रभावित

    रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय बाढीबाट प्रभावित भएको छ। विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ।

    उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनमा क्षति पुगेको छ। ती विद्यालयका ३६ वटा कोठा पूर्ण रूपमा ध्वस्त भएका छन्। यस क्षेत्रमा मात्रै करिब १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

    नुवाकोटमा सबैभन्दा बढी संरचनागत क्षति

    नुवाकोटको विदुर नगरपालिकामा बाढीले नौ वटा विद्यालय प्रभावित पारेको छ। यहाँ ३२ वटा भवनमा क्षति पुगेको छ।

    विदुरका प्रभावित विद्यालयमा ६१ वटा कोठा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ८९ वटा कोठा पूर्ण रूपमा ध्वस्त भएका छन्। विद्यालय संरचनामा भएको क्षतिको मूल्य करिब ३६ करोड ६२ लाख रुपैयाँ आँकलन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij