२०८३, भाद्र ३१ गते

Sep 16 2026

न्याय परिषद्को निर्णय : तीन न्यायाधीश नियुक्त, १५ जिल्ला न्यायाधीशको सरुवा

न्याय परिषद्को निर्णय : तीन न्यायाधीश नियुक्त, १५ जिल्ला न्यायाधीशको सरुवा

रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । न्याय परिषद्ले उच्च तथा जिल्ला अदालतमा न्यायाधीश नियुक्ति तथा सरुवा गरेको छ ।

    परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त गरिएको छ ।

    यसैगरी, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।

    परिषद्ले १५ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णयसमेत गरेको छ । अदालतमा न्यायिक जनशक्तिको व्यवस्थापन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियुक्ति तथा सरुवासम्बन्धी निर्णय गरिएको परिषद्ले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij