२०८३, भाद्र ३१ गते

Sep 16 2026

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली तयार, ऐरीको कप्तानीमा १५ खेलाडी

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली तयार, ऐरीको कप्तानीमा १५ खेलाडी

रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।

    नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा अनुभवी खेलाडीदेखि युवा खेलाडीसमेत समेटिएका छन्।

    नेपाली टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन्। टोलीका अन्य सदस्यमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा र लोकेश बम छन्।

    यस्तै, टोलीमा सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल पनि रहेका छन्।

    एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ। प्रतियोगिताका लागि नेपाली टोलीले प्रतियोगितास्थलमा पुगेर प्रतिस्पर्धाको तयारी गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij