२०८३, आश्विन १ गते

Sep 17 2026

विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, लेजर लाइट प्रयोगमा पनि कडाइ

विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक, लेजर लाइट प्रयोगमा पनि कडाइ

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षालाई मध्यनजर गर्दै विमानस्थल तथा आसपासको हवाई क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। विमानतर्फ लेजर लाइट देखाउने गतिविधिमा समेत रोक लगाइएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै विमानको आवागमन हुने क्षेत्र तथा विमानस्थल वरपर यस्ता गतिविधि नगर्न सर्वसाधारणसहित सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।

    कार्यालयका अनुसार आकाशमा चंगा, ड्रोन वा बेलुन उडाउनु तथा उडिरहेका विमानतर्फ लेजर लाइट प्रयोग गर्नुले पाइलटको दृश्य क्षमतामा असर पार्नुका साथै उडान सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्छ।

    त्यसैले विमानस्थलको संवेदनशील क्षेत्रमा यस्ता गतिविधि नगर्न र अरूलाई पनि गर्न नदिन कार्यालयले अनुरोध गरेको छ।

    प्राधिकरणको निर्देशन उल्लंघन गर्दै चंगा, ड्रोन वा बेलुन उडाएको अथवा विमानतर्फ लेजर लाइट प्रयोग गरेको भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

    विमानस्थलको हवाई आवागमन सुरक्षित र व्यवस्थित बनाउन यस्ता गतिविधिमाथि नियन्त्रण आवश्यक रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij