२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज १ गते बिहीबार बोलाएको छ। पार्टीको आन्तरिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

    कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको सूचनाअनुसार बैठक दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता अनिवार्य गरिएको छ। पार्टीले सबै पदाधिकारी र सदस्यलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ।

    केन्द्रीय समिति बैठकमा पार्टीका आगामी गतिविधि, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij