२०८३, आश्विन २ गते

Sep 18 2026

सुन फेरि ३ लाखभन्दा तल, एकैदिन तोलामा २३ सयले घट्यो

सुन फेरि ३ लाखभन्दा तल, एकैदिन तोलामा २३ सयले घट्यो

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँभन्दा तल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

    बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाखभन्दा तल झरेको हो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको भाउ आज प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ।

    बुधबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।

    पछिल्लो मूल्यअनुसार एकैदिन सुन र चाँदी दुवैको भाउ घटेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij