२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवाको माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो थप शवको खोजी जारी

रसुवाको माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो थप शवको खोजी जारी

रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
  • रसुवा । भोटेकोसीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ शव निकालिएको छ।
    गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा सुरुङभित्र शव फेला परेको हो। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डन्डीको जालीमा  अल्झिएको अवस्थामा शव फेला परेको हो।
    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शव बाहिर निकालेको जनाएको छ।
    सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।
    बाढीपछि आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए। बेपत्ताको खोजीका क्रममा सुरुङबाट शव भेटिएपछि उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोजि कार्यलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij