२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाली सेयर बजार नेप्सेमा परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७ अंकको विन्दुमा

नेपाली सेयर बजार नेप्सेमा परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७ अंकको विन्दुमा

रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७ अंकको विन्दुमा पुगेको हो।

    बजार बढेसँगै कारोबार रकममा समेत सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

    शुक्रबार विशेषगरी बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकिङ उपसमूहको सूचक १.५९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै जीवन बीमा समूह १.५२ प्रतिशतले बढेको छ।

    यसबाहेक जलविद्युत् समूहको सूचक ०.८५ प्रतिशत, व्यापार ०.८५ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत र होटल तथा पर्यटन समूह ०.३३ प्रतिशतले उकालो लागेका छन्। लगानी समूह ०.१० प्रतिशत बढ्दा फाइनान्स ०.०२ प्रतिशत र अन्य समूह ०.११ प्रतिशतले घटेका छन्।

    समग्र बजारमा शुक्रबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्य भने अघिल्लो कारोबार दिनकै स्तरमा स्थिर रह्यो।

    मूल्य वृद्धिका आधारमा स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा बढी लाभ पाएका छन्। कम्पनीको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ। त्यसपछि इनिफिनिटी लघुवित्तको ९.८१ प्रतिशत, मैलुङखोला जलविद्युत्को ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ६.२० प्रतिशत तथा बोटलर्स नेपाल (तराई) को ५.०६ प्रतिशतले मूल्य बढेको छ।

    यता हाथवे इन्भेस्टमेन्टको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij