२०८३, आश्विन १ गते

Sep 17 2026

भर्चुअल के–पप स्टारको मानमर्दन गर्दा जरिवाना

भर्चुअल के–पप स्टारको मानमर्दन गर्दा जरिवाना

शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ ।  दक्षिण कोरियाको एक अदालतले भर्चुअल के–पप स्टारको मानमर्दन गरेको आरोपमा एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई ५ लाख कोरियाली वन जरिवाना तिर्न आदेश दिएको छ।



    'प्लेभ' (PLAVE) नामक पाँच सदस्यीय भर्चुअल के–पप ब्यान्डका एक सदस्यलाई अनलाइनमा भद्दा टिप्पणी गरेपछि उक्त मुद्दा परेको थियो। मोशन क्याप्चर प्रविधि प्रयोग गरी एनिमेट गरिएका यी सदस्यहरूको एजेन्सीले गएको वर्ष मानमर्दन गरेको भन्दै मुद्दा दायर गरेको थियो। यो फैसला भर्चुअल के–पप स्टारसँग सम्बन्धित दक्षिण कोरियाको पहिलो अदालती निर्णय हो।

    दक्षिण कोरियामा भर्चुअल पप स्टारहरूको लोकप्रियता बढ्दै गएको छ। सन् २०२३ मा डेब्यू गरेको प्लेभलाई त्यहाँको सबैभन्दा सफल भर्चुअल समूह मानिन्छ। यसको युट्युब च्यानलमा १० लाखभन्दा बढी फलोअर छन् र यो समूह नियमित रूपमा संगीत अवार्डका लागि मनोनयनमा पर्दै आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij