काठमाडौं ।नेकपा एमाले सचिवालयको बैठक च्यासलमा पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।
नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हिजो निर्वाचन समिक्षा कार्यदलले प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक अहिले बसेको हो ।
आजदेखि सुरु हुने बैठकले पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक आजै बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ ।
