२०८३, आश्विन १ गते

Sep 17 2026

विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य तालिम

विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य तालिम

शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। 

    हालै देशभर जेनजी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यहाँका १५० जना विद्यार्थीहरूलाई नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तालिम दिइएको हो । 

    विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको हो । 

    हालै भएको जेनजी आन्दोलनले देशभरका युवायुवतीमा गहिरो प्रभाव पारेको छ। आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ। 

    यस्तो अवस्थामा स्थानीय तहबाटै मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउन गरिएको प्रयासलाई सहभागी विद्यार्थीहरूले स्वागत गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij