काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ भने चाँदीको मूल्य भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो भने सुनको भाउ प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो। एक दिनमै भएको उतारचढावपछि आज सुनको मूल्यमा गिरावट आएको हो।
यता, चाँदीको भाउ भने आज प्रतितोला ३० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ मा कारोबार भइरहेको छ।
