२०८३, कार्तिक १० गते

Oct 26 2026

सुन र चाँदी आज कतिमा हुँदैछ किनबेच?

सुन र चाँदी आज कतिमा हुँदैछ किनबेच?

रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
     
    सोमबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको सुनको भाउ आज
    पुनः प्रतितोलामा एक हजार सात सय रुपैयाँले ओरालो लागेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ ।
     
    अघिल्लो दिन सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमै सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटिसकेको छ।
     
    सुनसँगै आज चाँदीको मूल्य पनि सस्तिएको छ ।  सोमबार प्रतितोला चार हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार सात सय ७५ रुपैयाँ कायम भएको छ।
     
    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij