काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कतारको दोहाबाट काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने ५३६ ग्राम पहेँलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
यसै क्रममा प्रहरीले बारा पचरौता–१ का ३३ वर्षीय अनिस अन्सारीलाई पनि ७९.६ ग्राम सुनजस्तो देखिने पहेँलो धातुको गरगहनासहित पक्राउ गरेको जनाएको छ ।
बरामद पदार्थ सुन भए–नभएको यकिन गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ। दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
