२०८३, कार्तिक ९ गते

Oct 25 2026

पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरुद्ध

पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरुद्ध

रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । 


    पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको जनाइएको छ ।

    हाल वर्षा जारी रहेकाले पहिरो तथा सडक अवरोधको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij