२०८३, कार्तिक १० गते

Oct 26 2026

मनोहरा खोलाको  बहाव बढ्यो, एमाले कार्यालय आसपास उच्च सतर्कता

मनोहरा खोलाको  बहाव बढ्यो, एमाले कार्यालय आसपास उच्च सतर्कता

रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
  • ललितपुर। लगातार परेको अविरल वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा खोलामा पानीको बहाव उच्च स्तरमा बढेको छ।

    खोलाको सतह ह्वात्तै बढेपछि नेकपा (एमाले) को केन्द्रीय कार्यालय आसपासका क्षेत्र तथा तल्लो तटीय बस्तीहरूमा बाढीको जोखिम बढेको छ । 

    वर्षा रोकिएन भने खोलाको पानी बस्ती र सडकमा पस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी तथा स्थानीय प्रशासनले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मनोहरा खोला आसपासका तल्लो भूभाग डुबानमा पर्न सक्ने भन्दै सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन् ।

    ​नेपाल प्रहरीले खोला किनारका आसपासका बासिन्दा तथा सो क्षेत्र भई आवतजावत गर्ने सर्वसाधारण र सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

    सडक सुरक्षा तथा सम्भावित क्षतिलाई कम गर्न अनावश्यक रूपमा खोला किनारतर्फ नजान र सुरक्षित स्थानमा रहन प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij