२०८३, कार्तिक ९ गते

Oct 25 2026

अविरल वर्षाले देशभर मोबाइल तथा इन्टरनेट सेवा प्रभावित

अविरल वर्षाले देशभर मोबाइल तथा इन्टरनेट सेवा प्रभावित

रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
रोज नेपाल
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । बिहीबारदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको छ ।

    नेपाल टेलिकमले सूचना जारी गर्दै वर्षा, हावाहुरी, बाढीपहिरो तथा विद्युत् आपूर्तिमा आएको समस्याका कारण कतिपय स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

    टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समस्या कुनै एक क्षेत्रमा मात्र सीमित नभई देशका विभिन्न स्थानमा छरिएको छ । कतिपय ठाउँमा सेवा उपलब्ध भए पनि गुणस्तरमा कमी आएको उनले बताए । उनका अनुसार निरन्तरको वर्षा र हावाहुरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल टावर सञ्चालनमा समस्या आएको छ ।

    पहाडी तथा हिमाली क्षेत्रमा सोलारबाट सञ्चालन हुने टावरहरूमा समेत लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण ब्याट्री चार्ज हुन नसक्दा सेवा प्रभावित भएको छ । त्यस्तै, बाढीपहिरोका कारण अप्टिकल फाइबरमा क्षति पुग्दा कतिपय स्थानमा इन्टरनेट सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्दा पनि मर्मतमा कठिनाइ भइरहेको छ ।


    डेटाभन्दा भ्वाइस सेवालाई प्राथमिकता विद्युत् आपूर्ति नभएका तथा ब्याकअप पावरमा सञ्चालन भइरहेका साइटमा डेटा सेवा कम गरी भ्वाइस कललाई प्राथमिकता दिइएको प्रवक्ता लामिछानेले बताए । उनका अनुसार कम्तीमा एउटा सेवा भए पनि निरन्तर राख्ने उद्देश्यले ब्याकअप पावर भएका स्थानमा डेटा सेवा घटाएर भ्वाइस सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

    टेलिकमका प्राविधिक टोलीले जोखिम कम भएका स्थानमा बिहानैदेखि मर्मतसम्भारको काम गरिरहेका छन् ।  सिस्टमबाट गर्न सकिने प्राविधिक सुधारको कामसमेत निरन्तर भइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij