काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ।
बिहान ११:२७ बजेसम्म नेप्से परिसूचक ४ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २ हजार ६०९.३३ विन्दुमा पुगेको छ।
यस अवधिसम्म ३६ करोड ६८ लाख ८० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ८९ हजार ९८१ कित्ता शेयर कारोबार भएको छ ।
बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ। त्यस्तै १४ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
