२०८३, कार्तिक ९ गते

Oct 25 2026

चोलेन्द्र प्रकरणमा मानव अधिकार आयोगको अनुसन्धान तीव्र, एसएसपी खड्कासँग बयान

चोलेन्द्र प्रकरणमा मानव अधिकार आयोगको अनुसन्धान तीव्र, एसएसपी खड्कासँग बयान

रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
रोज नेपाल
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको तथा हिरासतमा रहेका बेला आयोगको टोलीलाई भेट्न नदिएको विषयमा अनुसन्धान अघि बढाएको छ ।

    आयोगले पहिलो चरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको हो ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार खड्का मंगलबार आयोगमा उपस्थित भएका छन् ।  उनीसँग जबरालाई नियन्त्रणमा लिएको घटना तथा आयोगको अनुगमन टोलीलाई जबरासँग भेट्न नदिइएको विषयमा सोधपुछ भइरहेको छ । 

    आयोगको टोली जबरालाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगे पनि करिब ४५ मिनेट गेटमै बसेर फर्किनुपरेको थियो । प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै नियन्त्रणमा लिएर कार्यालयमा राखेको बताएको थियो। पछि उनलाई परिवारको जिम्मा लगाइएको थियो । आयोगले घटनालाई दुई पाटोबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

    पहिलो, जबरालाई नियन्त्रणमा लिने निर्णय र त्यसको प्रक्रिया तथा दोस्रो, हिरासतमा रहेका जबराको अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेटघाट गर्न रोकिएको विषयमा अनुसन्धान भइरहेको छ ।  एसएसपी खड्कासँगको बयानपछि घटनासँग सम्बन्धित अन्य उच्च प्रहरी अधिकारी तथा सरकारी अधिकारीसँग समेत आवश्यक सोधपुछ गर्ने तयारी रहेको जनाइएको ।

    आयोगले यसअघि नै आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गर्दै घटनाप्रति आपत्ति जनाएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij