काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार विदाई भेट गरेका छन् ।
नेपालबाट आफ्नो कार्यकाल पूरा गरी भारत फर्किनुअघि राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग पनि विदाई भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
श्रीवास्तव सन् १९९३ देखि भारतीय विदेश सेवामा कार्यरत रहँदै आएका थिए । उनको कार्यकालपछि नेपालका लागि भारतले नयाँ राजदूत नियुक्त गर्ने तयारी गरिरहेको छ ।
