२०८३, आश्विन १ गते

Sep 17 2026

सामाजिक सेवा र नेतृत्वमा सक्रिय धनन्जय भट्टराई, अमेरिकाको NRNA NCC BOD मा उम्मेदवार

सामाजिक सेवा र नेतृत्वमा सक्रिय धनन्जय भट्टराई, अमेरिकाको NRNA NCC BOD मा उम्मेदवार

रोज नेपाल
बिहिवार, श्रावण ३० २०८२
रोज नेपाल
बिहिवार, श्रावण ३० २०८२
  • अमेरिका। अमेरिकामा हुने गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी निर्वाचनमा बोर्ड अफ डाइरेक्टर (BOD) पदका लागि धनन्जय भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

    पाँचथरको रानीटारमा जन्मिएका भट्टराई काठमाडौंलाई आफ्नो कर्मथलो बनाए पनि हाल अमेरिकाको ओहायोमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। ओहायोमा व्यावसाय सञ्चालन गर्दै आएका उनी सामाजिक तथा धार्मिक कार्यमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

    विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहँदै नेतृत्वदायी भूमिका निर्वाह गरेका भट्टराई जागरण एकेडेमी एण्ड रिट्रिट सेन्टरका मोटिभेसनल स्पिकर तथा ट्रेनर पनि हुन्।

    एनआरएनएमा उत्पन्न विवाद समाधानका लागि सन्तुलित र समायोजनमूलक दृष्टिकोण आवश्यक रहेको उनी बताउँछन्।

    यसअघि पनि उनले एनआरएनए ओहायोको बोर्ड अफ डाइरेक्टरका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालेका छन्।

    आगामी अगस्ट १६–१७ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारीका पक्षमा भोट दिन सम्पूर्ण एनआरएनए अभियन्ता तथा सदस्यहरूलाई उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij