२०८३, कार्तिक ९ गते

Oct 25 2026

सिन्धुलीमा जिप दुर्घटना, आठ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना, आठ जना घाइते

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

    बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको   छ ।

    दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन् ।

    प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि प्रधान मेडिकल, रातामाटा पठाएको थियो। सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    जिप चालक बेथानचोक गाउँपालिका–३ का करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij