२०८३, कार्तिक ९ गते

Oct 25 2026

जबराको गिरफ्तारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग्न आग्रह : रामकुमारी झाँक्री

जबराको गिरफ्तारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग्न आग्रह : रामकुमारी झाँक्री

रोज नेपाल
बिहिवार, आश्विन १५ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको विषयमा सरकारसँग स्पष्ट जवाफ मागेकी छन्। उनले गिरफ्तारीको आधार र कानुनी प्रक्रियाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएकी हुन्।

    बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै झाँक्रीले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने निर्णयको औचित्यबारे सरकारले स्पष्ट पार्न नसकेको आरोप लगाइन्। उनले कार्यकारी शक्तिको प्रयोगका क्रममा न्यायपालिका र व्यवस्थापिकाको भूमिकामाथि असर पर्ने अवस्था आउन नहुने बताइन्।

    झाँक्रीले स्पष्ट आधार, प्रमाण वा कारणबारे जानकारी नदिई भएको गिरफ्तारीले लोकतान्त्रिक प्रणालीमा राज्यका अंगबीचको शक्ति सन्तुलनको विषय उठाएको धारणा राखिन्। उनले कार्यकारी अधिकार सीमाभित्र प्रयोग हुनुपर्नेमा जोड दिँदै संवैधानिक संस्थाको स्वतन्त्रता र मर्यादा कायम राख्नुपर्ने बताइन्।

    उनले विश्वका विभिन्न मुलुकमा निरंकुश शासनतर्फको यात्राबारे अध्ययन र बहस हुँदै आएको उल्लेख गर्दै पछिल्ला घटनाले नेपालमा पनि त्यस्ता अभ्यासबारे प्रश्न उठ्ने अवस्था सिर्जना गरेको बताइन्।

    जबराको गिरफ्तारी प्रकरणको वास्तविकता सार्वजनिक गर्न संसद्बाटै सम्बन्धित निकायसँग जवाफ मागिनुपर्ने झाँक्रीको भनाइ छ। उनले राष्ट्रिय सभा अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसँग घटनाको कारण, आधार तथा प्रक्रियाबारे स्पष्ट जानकारी लिनुपर्ने माग गरिन्।

    संसद्मा उठेका यस्ता प्रश्नको चित्तबुझ्दो जवाफ दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले राज्यका प्रमुख अंगबीच संवैधानिक सन्तुलन कायम राख्नुपर्नेमा समेत जोड दिइन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij