२०८३, कार्तिक ९ गते

Oct 25 2026

साइबर अपराध मुद्दा: दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति

साइबर अपराध मुद्दा: दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति

रोज नेपाल
शुक्रवार, आश्विन १६ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धानका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
     
    शुक्रबार अदालतकी न्यायाधीश अणेश्वरी घिमिरेको इजलासले अनुसन्धान प्रतिवेदन सोमबार बुझाउने सर्तमा यो म्याद थप गरेको हो ।
     
    यसअघि अदालतले प्रसाईंलाई दुई पटक गरी कुल चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
     
    जिल्ला अदालतले प्रहरीको साइबर ब्युरोलाई प्रसाईं विरुद्धको अनुसन्धान प्रक्रिया पूरा गरी आगामी सोमबारभित्र प्रतिवेदन पेस गर्न स्पष्ट आदेश समेत दिएको छ।
     
    सांसद खतिवडाको उजुरीका आधारमा पक्राउ
    प्रहरीको साइबर ब्युरोले व्यवसायी प्रसाईंलाई असोज १२ गते (सेप्टेम्बर २८) उनको भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
     
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनीमाथि कारबाही अघि बढाइएको हो ।
     
    सांसद खतिवडाले प्रसाईं विरुद्ध सामाजिक सञ्जाल (युट्युब) मार्फत आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी अपमानजनक र चरित्रहत्या गर्ने खालको टिप्पणी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। 
    सोही जाहेरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय अपराध ऐन अन्तर्गत गहन अनुसन्धान गरिरहेको छ
    ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij