२०८३, कार्तिक ९ गते

Oct 25 2026

रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता

रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता

रोज नेपाल
शुक्रवार, आश्विन १६ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

    राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले आफ्नो आगामी तान्जेनिया भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू तान्जेनिया जान लागेको जानकारी उनले गराएका हुन्।

    सभामुख अर्याल आइतबार आईपीयू महासभामा सहभागी हुन तान्जेनियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

    भेटका क्रममा सभामुख अर्यालले महासभामा सहभागिताका लागि तय भएको आफ्नो भ्रमण तथा त्यससँग सम्बन्धित विषयबारे राष्ट्रपतिलाई अवगत गराएको सचिवालयको भनाइ छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij