२०८३, कार्तिक ९ गते

Oct 25 2026

त्रिपुरासुन्दरी एमालेमा नयाँ अध्याय, नेतृत्वमा विष्णुकुमार श्रेष्ठ

त्रिपुरासुन्दरी एमालेमा नयाँ अध्याय, नेतृत्वमा विष्णुकुमार श्रेष्ठ

शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • सिन्धुपाल्चोक । नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको तेस्रो अधिवेशनले विष्णुकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

    अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा गाउँपालिका कमिटी गठन भएसँगै त्रिपुरासुन्दरीमा एमालेको स्थानीय संगठनलाई थप चलायमान बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ।

    अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संगठनलाई थप व्यवस्थित बनाउने, पार्टीभित्रको एकता मजबुत गर्ने तथा स्थानीयस्तरका जनताका समस्या र सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा जोड दिइएको थियो।

    नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठले पार्टी संगठनलाई एकताबद्ध र सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    श्रेष्ठले स्थानीय जनताका आवश्यकता, समस्या र अपेक्षालाई केन्द्रमा राखेर पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने बताए। उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकबीच सहकार्य र समन्वय बढाउँदै त्रिपुरासुन्दरीमा एमालेको संगठनलाई थप बलियो बनाउने धारणा राखेका छन्।

    तेस्रो अधिवेशनबाट आएको नयाँ नेतृत्वसँगै त्रिपुरासुन्दरी एमालेले संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्बन्धलाई प्राथमिकतामा राखेर आगामी गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij