२०८३, कार्तिक ९ गते

Oct 25 2026

पेस्तोल पड्किँदा युवक घाइते, तीन जना पक्राउ

पेस्तोल पड्किँदा युवक घाइते, तीन जना पक्राउ

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–५ स्थित मितेरी गाउँमा पेस्तोल चलाउने क्रममा       गोली लागेर एक युवक घाइते भएका छन् ।

    प्रहरीका अनुसार घटनामा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।

    उनको दाहिने गालामा चोट लागेको र हाल देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।  उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

    घटनापछि प्रहरीले देवदह–५ का ४२ वर्षीय दुर्गा प्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई नियन्त्रणमा लिएको छ ।

    घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij