२०८३, कार्तिक ९ गते

Oct 25 2026

दक्षिण कोरियामा भोजपुरका २९ वर्षीय राईको निधन

दक्षिण कोरियामा भोजपुरका २९ वर्षीय राईको निधन

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका भोजपुरका २९ वर्षीय मिकाक राईको सुतेकै अवस्थामा निधन भएको छ ।

    भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थायी घर भएका राई E-9 भिसामार्फत करिब ४ वर्ष १० महिनादेखि दक्षिण कोरियाको मोक्पो क्षेत्रमा कार्यरत रहेको बताइएको छ ।

    उनी आज बिहान सुतेकै अवस्थामा मृत भेटिएको जनाइएको छ ।  निधनको कारण भने मेडिकल रिपोर्ट आएपछि मात्रै यकिन हुने बताइएको छ ।

    राईको पार्थिव शरीर नेपाल ल्याउन नेपाली राजदूतावास तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

    दक्षिण कोरियामा नेपाली श्रमिकको निधनको खबरले नेपाली समुदायलाई दुःखी बनाएको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij