काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचनामा परिवर्तन गर्दै पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीको संख्या ८ बाट बढाएर १५ पुर्याउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनमा आए कांग्रेसको पदाधिकारी संख्या २३ पुग्नेछ ।
नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, तीन उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन् । १५ सहमहामन्त्रीमध्ये चार जना महिला मनोनीत गर्ने व्यवस्था गरिएको छ ।
पार्टीभित्र विभिन्न पदमा आकांक्षी बढिरहेका बेला नेतृत्व व्यवस्थापन र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर पदाधिकारी संख्या विस्तार गरिएको नेताहरूको भनाइ छ । यद्यपि, केन्द्रीय समितिको यो निर्णय तत्काल लागू हुने छैन ।
महाधिवेशनको बन्दसत्रबाट प्रस्ताव पारित भएपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।
