२०८३, कार्तिक ९ गते

Oct 25 2026

राष्ट्रिय सभागृहमा कांग्रेसको चुनावी सरगर्मी: उम्मेदवारी फाराम बाँडिँदै, १ बजेदेखि दर्ता

राष्ट्रिय सभागृहमा कांग्रेसको चुनावी सरगर्मी: उम्मेदवारी फाराम बाँडिँदै, १ बजेदेखि दर्ता

रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।

    राष्ट्रिय सभागृहमा स्थापना गरिएको केन्द्रीय निर्वाचन समितिको कार्यालयबाट अहिले उम्मेदवारी फाराम वितरण भइरहेको छ भने दिउँसो १ बजेदेखि औपचारिक रूपमा मनोनयन दर्ता सुरु गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

    यस पटक देशभरबाट चयन भएर आएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । निर्वाचन समितिले मतदान र उम्मेदवारी प्रक्रियालाई व्यवस्थित बनाउन सभागृहकै भित्री पर्खालमा प्रतिनिधिहरूको नामावली प्रकाशन गरेको छ ।

    उम्मेदवारी दिन चाहने नेताहरूले राष्ट्रिय सभागृहभित्रै रहेको प्रभु बैंकको काउन्टरमा तोकिएको दस्तुर बुझाई रसिद लिएर मात्र आफ्नो मनोनयन दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

    केन्द्रीय कार्यसमिति र पदाधिकारीमा व्यापक थप
    नेपाली कांग्रेसले यो महाधिवेशनबाट आफ्नो केन्द्रीय समितिको आकारमा ठूलो परिमार्जन गरेको छ ।  सोमबार पारित गरिएको संशोधित विधानअनुसार अब केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ । त्यसैगरी, पार्टी पदाधिकारीको संख्या पनि साविकको १४ बाट बढाएर २६ पुर्‍याइएको छ । नयाँ कानुनी व्यवस्था अनुसार थपिएका मुख्य पदहरू यस प्रकार छन्:


    . उपसभापति (जम्मा ४ जना): एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति       थप ।
    .  महामन्त्री (जम्मा ३ जना): एक महिला महामन्त्री अनिवार्य गरिएको ।
    .  सहमहामन्त्री (जम्मा ११ जना): दुई जना खुला सहमहामन्त्री थप ।

    प्रवक्ता: नयाँ प्रवक्ता पदको व्यवस्था गरिएको र आवश्यकता अनुसार सहप्रवक्ताहरू समेत थप्न सकिने  ।

    यसअघि भएको १४ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ मात्र रहेको थियो  ।  परिमार्जित नयाँ संरचनाले पार्टीमा समावेशी र बृहत् प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ ।
     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij