२०८३, कार्तिक ९ गते

Oct 25 2026

कालीगण्डकीको बाढीले पुल अवरुद्ध: तनहुँ र नवलपुरको आवतजावत ठप्प

कालीगण्डकीको बाढीले पुल अवरुद्ध: तनहुँ र नवलपुरको आवतजावत ठप्प

रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
  • दमौली । गत असोज ९, १० र ११ गते आएको अविरल वर्षा र कालीगण्डकी नदीको भीषण बाढीका कारण तनहुँ र नवलपुर जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि स्थानीयको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । 
     
    बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने पुलमा गम्भीर क्षति पुर्‍याएको हो ।
    पुल अवरुद्ध भएसँगै करूवाटार र बटौलिटारलगायतका क्षेत्रका बासिन्दालाई नदी वारपार गर्न समस्या भएको छ । 
     
    विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित
    पुलमा पुगेको क्षतिका कारण सबैभन्दा ठूलो मारमा विद्यालय जाने बालबालिका परेका छन् ।
    करूवाटार र बटौलिटार क्षेत्रबाट नदीपारि रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५-२० जना विद्यार्थीहरू नियमित विद्यालय जान पाएका छैनन् । 
     
    कालीगण्डकी नदीमा अहिले पनि पानीको बहाव उच्च र जोखिमपूर्ण रहेकाले वैकल्पिक माध्यमबाट समेत नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले जानकारी दिनुभयो । 
     
    हाल स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूले क्षतिग्रस्त भौतिक संरचनाहरूको निरीक्षण गरी आवतजावतलाई पुनः सुचारु गर्न आवश्यक समन्वय गरिरहेका छन् । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij