२०८३, कार्तिक ९ गते

Oct 25 2026

किर्तिपुरमा मेटल व्यवसायीको नयाँ शक्ति उदायो : राजेन्द्र कार्कीको नेतृत्वमा ९ सदस्यीय नगर समिति गठन

किर्तिपुरमा मेटल व्यवसायीको नयाँ शक्ति उदायो : राजेन्द्र कार्कीको नेतृत्वमा ९ सदस्यीय नगर समिति गठन

मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । मेटल तथा फेब्रिकेसन व्यवसायीहरूको संगठन नेपाल मेटल फेब्रिकेटर्स एसोसिएसनले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। यही क्रममा किर्तिपुर नगर समितिमा राजेन्द्र कार्कीको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

    किर्तिपुर क्षेत्रमा मेटल फेब्रिकेसन व्यवसायमा संलग्न व्यवसायीहरूलाई एउटै संगठनात्मक छातामुनि ल्याउने उद्देश्यसहित नयाँ समिति गठन गरिएको हो।

    नयाँ समितिले व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई सामूहिक रूपमा सम्बोधन गर्दै सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने अपेक्षा गरिएको छ।

    व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने, व्यवसायीबीच सहकार्य बढाउने तथा मेटल फेब्रिकेसन क्षेत्रलाई थप व्यवस्थित र सम्मानित व्यवसायका रूपमा विकास गर्ने समितिको प्रमुख दायित्व रहनेछ।

    किर्तिपुरमा नयाँ समिति गठन भएसँगै स्थानीय स्तरमा मेटल फेब्रिकेटर्स व्यवसायीहरूको संगठनात्मक उपस्थिति थप बलियो बनेको छ।

    jjikl.JPG
    undefined

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij